जातका कुरा – अम्बिका खरेल उप्रेती

everest kitchen

लघुकथा -जातका कुरा

अम्बिका खरेल उप्रेती

कक्षामा रमा मिस आउनुभो आफ्नो पढाउने विषयलाई यसरी सुरु गर्नुभो। `समाजमा विभिन्न जातजातिका मानिस बसोवास गर्छन्। बाहुन,छेत्री,कामी,दमाई सार्की ,नेवार,राई ,लिम्बू तराईमा थारु,राजवंशी ,सतार अादि मानिसहरु बस्छन् ।

ती मानिसहरुले बोल्ने भाषा पनि जातपिच्छे फरक हुन्छन् ।प्राय नेपाली भाषा सबैले बोल्छन् । जातका दृष्टिले सबै मानिस समान हुन्छन्। जातका आधारमा कसैलाई भेदभाव गर्नुहुँदैन ।

समाज र राष्ट्रका लागि हित हुने काम गर्ने मानिसहरु ठुला हुन्।दु:ख र अप्ठ्यारोमा परेका मानिसलाई सहयोग गर्ने मानिस ठुला हुन्। त्यसैले जातका आधारमा हेला वा अपमान गर्छ भने त्यो सामाजिक अपराध हो। अपराध गर्नेहरु दण्डको भागिदार हुनुपर्छ ।´ यत्तिकैमा रामे उठ्यो र भन्यो ।

मिस! हाम्रा गाउँमा पनि जातका आधारमा भेदभाव हुन्छ। तिनलाई के गर्ने?

समाजमा त्यस्ता मानिसलाई उभ्याउनु पर्छ। सबैसँग माफी माग्न लगाउनुपर्छ अबदेखि यस्तो हुँदैन भनेर मिसले बोलिन ।

हुन्छ मिस,अब पण्डित बाजेले माफी माग्ने भए।रामेको मुहानबाट मुस्कान निस्कियो।

पण्डित ! …. मिसका अनुहारमा भने पीडाको झझल्को देखियो ।

विराटनगर -१२