वडाअध्यक्ष कोइरालाद्धारा समानान्तर कमिटीको जिल्ला सदस्य पद अस्विकार

everest kitchen

मकवानपुर । माधव नेपाल पक्षले मकवानपुरमा समानन्तर कमिटी निर्माण गरेपछि उक्त कमिटिमा राखिएकाहरुले आपत्ति जनाउदै छाडने कार्य सुरु भएको छ । आइतबारमात्र जिल्ला कमिटिमा राखिएका राक्सिराङ गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष समेत रहेका संजय कोइरालाले आफू माधव नेपाल समुहमा नरहेको बताएका छ्न ।

आफुलाइ जानकारी नदिइ समानन्तर कमिटिमा राखिएको भन्दै उनले आपत्ती समेत जनाएका छ्न । परेवाभिर अनुगमनको क्रमामा आफुलाइ बिरोध खतिवडाले समानन्तर कमिटिमा बस्नुपर्ने भनेको तर आफुले मुलधारमानै रहने जानकारी दिएको भएपनी एक्कासी कमिटीमा राखिएको भन्दै उनले आपत्ति जनाएको बताए ।

कोइराला जस्तै अरु थप एक दर्जन बढिलाइ नसोधी जिल्ला कमिटिमा राखिएको पाइएको उनले बताए । आफू लगायतलाइ थाहा नै नदिई मनोनीत गरेका सबै नेताहरूको नाम कमिटीबाट हटाउनुपर्ने माग गरेको र नहटाए सामाजिक सञ्जालमा विरोध विज्ञप्ति निकाल्ने समेत उनले बताए