काठमाडौँको सहकारीबाट पाँच लाख नगद चोरी

everest kitchen

 

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–७ साँखु स्थित महादेवस्थानमा लावण्य बचत तथा ऋण सहकारीको ताला फुटाएर ५ लाख चोरी भएको सहकारीका सञ्चालकले दावी गरेका छन् ।

सहकारी चोरी भएको भन्दै संचालकले मंगलबार बिहान प्रहरीलाई खबर गरेका थिए । कार्टुनमा प्याक गरेको केही नगद र ल्यापटप त्यतिकै छाडिएको छ । सहकारीमा सिसिटिभी राखिएको थिएन । यसबारे थप अनुसन्धान भइरहेको छ ।