सशस्त्र प्रहरीद्धारा १३५ केजी गाँजा बरामद

everest kitchen

 

सविन कुमार लोप्चन                                     चितवन । चितवन जिल्लाको राप्ती नगरपालिका वडा नम्बर एक को पिप्ले बाट १३५ केजी गाँजा बरामद भएको छ । बागमती प्रदेश सशस्त्र प्रहरी बलको मुख्यालयबाट ईनिस्पेक्टर प्रज्वल कुमार सिलवाल को कमाण्ड खटिएको सशस्त्रको टोलीले उक्त गाँजा बरामद गरेको हो ।

मंगलबार बिहान ७:३० बजे ना ४ च ९२२७ नम्बरको बोलेरो राप्ती नगरपालिका-१ नम्बर वडाको परेवाकोट बाट पिप्ले तर्फ झर्दै गर्दा स्थानीय बासिले आशंका गरेपछि सशस्त्र प्रहरी प्रदेश मुख्यालय भण्डारालाई खबर गरेको र सो सुचनापछि खटिएको सशस्त्रको टोली उक्त गाँजासहित गाडीसमेत बरामद गरेको डिएसपी सुशील प्रसाद पराजुलीले जानकारी दिए ।

बलेरो गाडीलाई मोडीफाई गरेर गोप्य तरिकाले कसैले पनि थाहा नपाउने गरि गाँजा लुकाएको रहेछ । गाडीको मोडीफाई अनुसार उक्त गाडी नियमित तस्करीमा संलग्न रहेको प्रहरीको बुझाई रहेको छ ।

डिएसपी पराजुलीका अनुसार सशस्त्र प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिने प्रयास गरेको थाहा पाएपछि घटना स्थलमा उक्त समानसहितको गाडी छोडेर घटनामा संलग्नहरु भागेको हुनसक्ने बताए । यद्यपि संलग्नको गाडी र मोबाइल बरामद भएकोले संलग्नलाई छिट्टै प्रहरीले पक्राउ गर्नेछ ।

शसस्त्रले मंगलबार पत्रकार सम्मेलन गर्दै बरामद गाँजा र गाडीसहित आवस्यक कागजात पूरा गरी थप अनुसन्धानको लागि नेपाल प्रहरी लाई जिम्मा लगाईएको बताए । साथै, यस्तो अबैध कार्य रोक्नको लागि सूचना दिने स्थानीय बासी लाई डिएसपी पराजुलीले धन्यवाद दिएका छन् ।