बोलेरोको ठक्करबाट घाइते पैदलयात्रीको निधन

everest kitchen

चितवन। चितवन जिल्ला राप्ती नगरपालिका-३ झुरझुरेमा ना ३ च २१८७ नम्बर को बोलेरो पल्टिदा गम्भीर घाइते भएकी पैदलयात्री ७२ बर्षिया मेनुका ओलीको निधन भएको छ। उनको उपचारको क्रममा निधन भएको हो।

पूर्वी चितवनको राप्ती नगरपालिका पूर्व–पश्चिम लोकमार्गमा लोथरबाट खैरहनीतर्फ आउँदै गरेको बा३च २१८७ नम्बरको बोलेरोले राप्ती नगरपालिका–३ झुरझुरेमा पैदलयात्री ओलीलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते ओलीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

बोलेरोले ओलीलाई मङ्गलबार साँझ ६ः३० बजे ठक्कर दिएको थियो । ठक्करबाट घाइतेको राति १२ः३५ बजे मृत्यु भएको अस्पतालले बताएको छ । ओलीलाई ठक्कर दिने बोलेरो र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।