मकवानपुरमा हुने भनिएको अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिता स्थगित

everest kitchen
स्थगित खेल तालिका

सविन कुमार लोप्चन

हेटौंडा । अन्तरपालिका मकवानपुर जिल्ला स्तरीय प्रथम फुटबल प्रतियोगिता २०७८ हुने भनिएको खेल कार्यक्रम स्थगित भएको छ । यही आउने बैशाख ९ देखि १९ सम्म चल्ने उक्त प्रतियोगिता अर्को सुचना जारी नभएसम्मको लागि स्थगित भएको हो ।

बढ्दो कोभिड संक्रमणका कारण सरकारको मन्त्री परिषदको निर्णय अनुसार कोरोना भईरसलाई फैलिन नदिनको लागि सचेत हुनु पर्ने र भिड हुने खालको कुनै कार्यक्रम प्रतियोगिता नगर्न निर्देशन आएको कुरालाई मध्यनजर गर्दै अर्को सुचना नआए सम्म हालको लागि यस प्रतियोगिता स्थगन गरिएको आयोजकले जनाएको छ ।

जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा मकवानपुर जिल्ला खेलकुद विकास समितिले व्यवस्थापन गर्ने कार्यक्रम तय भएको थियो ।