नक्कली नोटसहित ३ जना पक्राउ

everest kitchen

 

काठमाडौं । सुनसरी ईनरुवा नगरपालिका–४ स्टार होटल अगाडीबाट मंगलबार साँझ सभा ५ बजे जाली नोट सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान–१९ का ६६ वर्षीय टेकबहादुर तामाङ, हरिनगर–२ का २४ वर्षीय नजिम साफि र धरान १७ का महेन्द्र तामाङ रहेका छन् ।

जाली नोटको कारोबार गरिरहेको भन्ने बिशेष सुचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा उनिहरुको साथबाट नेपाली जाली नोट १ हजार दरका ४ सय १५ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

जाली नोट सहित पक्राउ परेका तीनै जनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ मुद्रा सम्वन्धि कसुर अन्तरगत मुद्धा दर्ता गराई थप अनुसन्धान समेत भईरहेको सो कार्यालय जनाएको छ ।