मोरङमा चट्याङमा परी एक महिलाको मृत्यु

everest kitchen

 

काठमाडौ। मोरङको कानेपोखरी–२ दलेली की ४३ वर्षीय सुकवती राजवंशीको चट्याङमा परी मृत्यु भएको छ ।

आज बिहान ८ बजे पानी परेकोले घर नजिकै रहेका गाईगोरू सार्न जाने क्रममा चट्याङमा परी सुकवती गम्भिर घाईते भएकी थिईन् । घाईते सुकवतीलाई उपचारको लागि उर्लाबारी स्थित मदनभण्डारी अस्पताल तथा ट्रमासेन्टर अस्पताल पुर्याउन साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।