डिनर चल्दै थियो नमस्कार गरेर म विदा भए : बामदेव गौतम

everest kitchen

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष बामदेव गौतमबिचको डिनर मिटिङमा ओलीलाई साथ नदिने जवाफ फर्काएको गौतमको सचिवालयले जनाएको छ । उपाध्यक्ष गौतमले ओलीसँग भएको कुराकानीको केहि अंश फेसबुकमार्फत् सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन्।

उपाध्यक्ष गौतमले ओलीसँग भएको कुराकानीमा फागुन २८ गते गरिएका निर्णय फिर्ता नभएसम्म साथ नदिने जवाफ दिएको जानकारी दिएका हुन् । फेसबुकमार्फत् सार्वजनिक गरिएको कुराकानीको अंशअनुसार खाना खाने क्रम चल्दाचल्दै गौतम बालुवाटारबाट फर्किएका थिए ।

यस्तो छ गौतमले सार्बजनिक गरेको कुराकानीको अंश ,हिजो ९ गते क. केपीसँग बेलुकी ८ वजे प्रधानमन्त्री निवास बालुवाटारमा डिनर मिटिङ भयो। उहॉले पार्टी काममा आफूसँग फर्कन अनुरोध गर्नुभयो। मैले गत फागुन २८ गते
तपाइले गर्नु भएको अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरें। उहाँले ती निर्णय फिर्ता हुदैनन् भन्नुभयो। त्यसो भए म तपाईंसँग आउन पनि सक्दिन भनेर जवाफ दिए। डिनर चल्दै थियो नमस्कार गरेर म विदा भए ।
वामदेव गौतम