प्रधानमन्त्री ओली र “रअ” प्रमुख बारे समाचार लेखेको विषयमा उज्यालो नेटवर्कका पत्रकारहरु पक्राउ

everest kitchen

काठमाडौँ । उज्यालो नेटवर्क डटकमका उपसम्पादक अनिश तामाङलाई प्रहरीले पक्राउ गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था “रअ” प्रमुखको भेट बारे समाचार लेखेको विषयलाई लिएर पक्राउ गरिएको जनाएको छ ।

नेटवर्कको कार्यालय अनामनगरबाट अनिस तामाङ लगायतलाई पक्राउ गरिएको बताएको छ । नेपाल प्रहरीले उज्यालो नेटवर्कको कार्यालयमा घेराउ हालेर बल प्रयोग गरी नेटवर्कको क्यमरा र मोबाइल समेत जफत गरेको एक नेटवर्ककर्मी ले जानकारी दिए ।

उज्यालो नेटवर्कले केही समय अगाडि भारतीय रअ प्रमुख सामन्तकुमार गोयल र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भएको ४ बुँदे सहमती बारे समाचार प्रकाशन गरेको थियो । सो समाचारपछि सम्पादक बुद्ध लोप्चन र अनिस तामाङलाई धरपकड सुरु गरेको थियो ।

प्रेस काउन्सिल नेपालले मागेको २४ घण्डे स्पष्टीकरणमा उज्यालो नेटवर्कले असावधानीबस समाचार प्रकाशन भएको भनी क्षमा तथा खण्डन गरिसकेको र उच्च अदालत पाटनले सरकारलाई पत्रकारलाई समाचार लेखेकै भरमा र समाचार खण्डन गरि सकेको अवस्थामा पक्राउ नगर्नु भन्ने आदेशको अवज्ञा गर्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।