मलेसियामा २ हजार ७१७ नयाँ बिरामी थपिदा ११ जनाको निधन

everest kitchen

ऐजेन्सी । मलेसियामा नयाँ कोभिड -१९ संक्रमितको सङ्ख्या थपिने क्रम रोकिएको छैन । आइतबार मात्र २ हजार ७१७ जना थपिए ।

त्यस्तै आज मलेसियामा काेराेनाकाे कारण ११ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने १ हजार ४२६ जना रहेका छन् ।

आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा २ हजार ७१७ जना रहेकाे छ । मलेसियामा हालसम्म ३ लाख ९० हजार २५२ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै आज १ हजार ४२६ जना निको भएसंगै मलेसियामा हालसम्म कोभिड-१९ संक्रमितमध्ये ३ लाख ६५ हजार ९०० जनाले स्वास्थ्य लाभ गरेको मलेसियाको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

केही समय अघि सक्रिय संक्रमितको सङ्ख्या ५१ जना मात्रै रहेको मलेसियामा हाल २२ हजार ९२६ जनामा सक्रिय संक्रमण रहेको छ ।