हेल्प मधेसी मलेसियाको उपाध्यक्षमा युवा समाजसेवी सुरेन्द्र महतो चयन

everest kitchen

मलेसिया । गरिब दिन,दुखी,असाय पीडित र मलेसियामा रहेको श्रमिकहरुको हकहितका लागि काम गर्दै आईरहेको समाजिक संस्था ” हेल्प मधेसी मलेसिया ” को केन्द्रिय कार्यसमितिको उपाध्यक्षमा युवा समाजसेवी सुरेन्द्र महतो चयन भएको छन् ।

गएको अप्रिल २४ मा संस्थाका केन्द्रीय अध्यक्ष दिपक मण्डलको अध्यक्षतामा सम्पन्न भर्चुअल बैठकले सुरेन्द्र महतो लाई सर्बसहमती बाट निर्बिरोध उपाध्यक्ष पदमा चयन गरेको हो ।

करिब विगत १० बर्ष देखि मलेसियामा रहेका महतोले हालसम्म थुप्रै सामाजिक क्रियाकलापमा सक्रिय रहेको बताउदै यो अबधिमा आफुले भोगेको समस्या र अन्य श्रमिकले भोग्ने समस्या एउटै रहेकोले श्रमिक समस्यालाई कसरी हल गर्न सकिन्छ भनेर हरदम लाग्ने उनले बताए ।

करिब २ बर्ष अगाडि नेपाली मधेसी श्रमिकको हकहित मा काम गर्ने ” हेल्प मधेसी मलेसिया ” नामक संस्था बारे सुनेका उनले दिलिप कुमार यादव , अमरेश यादव ,देबेन्द्र यादव वचन जि साह , सतिश पाण्डे , दिपेन्द्र महतो लगायतकन साथीहरूलाई समेटेर संस्थाको जोहोर कार्यसमिति निर्माण गरेका थिए।

जोहोर कार्यसमितिको नेतृत्वमा रहदा नेपालमा रहेका विपन्न परिवार , असाय, आगलागी पीडित , बाढी पीडित लगायत अन्य अन्य पीडित परिवारहरुलाई आर्थिक तथा भौतिक सहयोग गर्दै आएको उनले बताए ।