उर्मिला लाम्गादे संगीतमा फेरि जम्दै : ‘माया बैगुनी’ सार्बजनिक

everest kitchen

गायिका उर्मिला लाम्गादे यतिबेला नेपाली गीतसंगीतमा सकृय भएकी छिन् । न्युयोर्क निवासी उर्मिलाले एकबर्षको अवधिमा चौथो गीत ‘माया बैगुनी’ भिडियोसहित सार्वजनिक गरेकी हुन्। ।

१३ बर्षपछि गायन यात्रामा फर्किएकी उर्मिलाले संगीतलाई निरन्तरता दिने बताएकी छिन।
हालै सार्वजनिक माया बैगुनी गीतमा उर्मिला आफैले अभिनय समेत गरेकी छिन् भने चर्चित कलाकार दिलिप रायमाझीले उनलाई साथ दिएका छन् ।

उर्मिलाको स्वर रहेको गीतमा संगीत र शब्द वसन्त सापकोटाको रहेको छ भने विक्की पुलामीको निर्देशन रहेको छ। गीतको भिडियो प्रज्ववल पन्तले खिचेका हुन् ।

गीतमा सुदिप सागरको एरेन्ज, चन्द्र चौधरीको मिक्सिङ र विष्णु खड्काको सम्पादन रहेको छ । बुढासुब्बा डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतमा नमस्ते मिडिया इन्कको प्रस्तुती रहेको छ। यो गीतको म्युजिक भिडियो अमेरिकामा नै छायांकन गरिएको हो।