जसपाले निर्णय गरे भोलि नै ओलीविरूद्ध अविश्वास प्रस्ताव दर्ता

everest kitchen
फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अविश्वासको प्रस्ताव लैजाने अन्तिम तयारी गरेका छन्।
प्रधानमन्त्री ओलीविरूद्ध अविश्वास प्रस्ताव लैजाने र कांग्रेस-माओवादी केन्द्रसँग मिलेर नयाँ सरकार बनाउनेबारे जसपाले तयारी स्वरुप अहिले बैठक बसिरहेको छ ।

अविश्वासको प्रस्ताव दर्ता गर्न संसदको चौंथो ठूलो दल जनता समाजवादी पार्टीको साथ पनि चाहिने भएपछि काङ्ग्रेस -माओवादीले जसपाको निर्णय कुरिरहेका छन्।

काङ्ग्रेस -माओवादीले मंगलबार जसपाका शीर्ष नेताहरूसंगको छलफलको निर्णय कुरिरहेका छन् । जसपाको मंगलबारको बैठक चलिरहेको छ । बैठकमा जसपाका नेताहरू महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी छन्।

जसपा नेताहरू महन्थ ठाकुर र राजेन्द्र महतोले लामो समयसम्म प्रधानमन्त्री ओलीसँग मिलेर सत्ता गठबन्धन बनाउने प्रयत्न गरेका थिए। बाबुराम भट्टराई र उपेन्द्र यादवलगायतका नेताहरू कुनै पनि हालतमा ओलीसँग मिल्न नहुने अडानमा थिए।