हेल्प मधेशी मलेसिया साहआलम शाखाद्वारा उपचाररत बालक कथबनियालाइ आर्थिक सहयोग

everest kitchen

सुरेन्द्र महतो

मलेसिया। गरिब दिन,दुखी,असाय पीडित र मलेसियामा रहेको श्रमिकहरुको हकहितका लागि काम गर्दै आईरहेको समाजिक संस्था ” हेल्प मधेसी मलेसिया ” को साखा साह आलम कार्यसमिति द्वारा एक बच्चा को उपचारको लागि आर्थिक सहयोग गरेको छ ।

होत्तरी जिल्लाको मठिहानि नगरपालिका वाडा नं-१ धिरापुरको राजु दास कथबनियाको छोरा राज दास कथबनियाको उपचारको लागि हेल्प मधेशी मलेसिया साहआलम दलानको रु-४० हजार आर्थिक सहयोग गरेको छ। हेल्प मधेशी नेपालको केन्द्रिय अध्यक्ष राम उदगार यादव द्वारा बच्चाको बुवा राजु दास कथबनियालाई आइएमई मार्फत रकम पठाएको थियो ।

बैशाख १३ गते सोमवारका दिन महोत्तरी जिल्लाको मठिहानि नगरपालिका वाडा नं-१ धिरापुरको राजु दास कथबनियाको छोरा राज दास कथबनिया को बिजुली को पोल लडेर दुबै खुट्टा भाचिएको थियो ।अहिले सानो बच्चा को उपचार काठमाडौ मै भइरहेकै छ। उनको घरको आर्थिक अवस्था अति नै दैनिय छ भन्ने जानकारी हेल्प मधेशी मलेसिया साह-आलम दलानका अध्यक्ष सराेज साह र दलानक सम्पूर्ण सेवक साथीहरुलाई जानकारी भएपछी उनहरुद्वारा नै सहयोगका लागि पहल थालिएको थियो ।

अध्यक्ष राम उदगार यादव र हेल्प मधेशी मोहत्तरीकी सेविका सबिता यादव पिडितको घरमा पनि अवस्था बुझ्नका लागि पुगेका थिए। सहयोग पछि भोलीको दिनमा अझै यस्तै सेवाहरु गर्दै अगाडि बढ्ने प्रतिबद्धता संस्थाका सरोज साहले गरे।