मलेसियाको ५ राज्यमा सिएमसिओ मे १७ तारिख सम्मको लागि लम्बियो

everest kitchen

मलेसिया सरकारले कोरोना नियन्त्रणको लागि पाँच वटा राज्यमा लगाएको सिएमसिओ (शसर्त आवागमन अनुमति) मे १७ तारिखसम्मको लागि थपेको छ ।
मलेसियामा कोरोना संक्रमित नया बिरामिको संख्या दिनादिन बढ्न थालेपछि अति प्रभावित ५ वटा राज्यमा सिएमसिओ व्यवस्था लागु गरिएको हो । पाँच वटा राज्यमा क्वालालुम्पुर, जोहोरबारु, पेनाङ, सरावक र सेलाङगर रहेका छन् ।
सिएमसिओ लागेका राज्यबाट अर्को राज्यमा बिना अनुमति आवागमन निषेध गरिएको छ भने राज्य भित्रका जिल्लाहरुमा भने आवागमन गर्न अनुमति लिन नपर्ने मलेसियका बरिष्ठ मन्त्री दातुकसिरी इस्माइल सब्रि याकुबले जानकारी गराए ।