दाङमा ९ दिन लकडाउन

everest kitchen

 

दाङ । दाङ जिल्लामा वैशाख १७ देखि ९ दिनसम्मका लागि लकडाउन घोषणा गरिएको छ । कोरोना संक्रमण निरन्तर बढ्दै गएपछि स्थानीय प्रशासनले वैशाख १७ गतेदेखि २५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकबाट प्राप्त सुझावका आधारमा लकडाउनसम्बन्धी निर्णय भएको प्रशासन स्रोतले जनाएको छ ।

१७ गते बिहान ६ बजेदेखि सुरु हुने जिल्लाव्यापी लकडाउन २५ गते बेलुका ६ बजेसम्म कायम रहने दाङका प्रमुख जिल्ला अधिकारी दीर्घराज पौडेलले जानकारी दिए । अत्यावश्यक वस्तुका लागि बिहान ७ देखि ८ बजेसम्म मात्र पसल खोलिने उनले बताए । राजमार्गमा लामो दूरीका सवारी साधन सञ्चालन भने हुने बताएको छ।