गत २४ घण्टामा ४ हजार ७७४ संक्रमित थपिदा १७ जनाको निधन

everest kitchen

काठमाडौं । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ४ हजार ७७४ जनामा कोरोना पुष्टि भएको छ ।

नेपालमा हालसम्म संक्रमित हुनेको कुल संख्या ३ लाख १२ हजार ६९९ पुगेको छ। नेपालमा गएको २४ घण्टमा ७७३ जना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या २ लाख ७९ हजार २७९ जना पुगेका छन । यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या ३० हजार २०९ जना रहेका छन ।

हालसम्म नेपालमा ३ हजार २११ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । जसमध्ये गएको २४ घण्टामा देशभरका विभिन्न स्थानमा गरि थप जम्मा १७ जनाकाे मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।