अबदेखि विदेश जानेहरुको पिसिआर रिपोर्टमा फोटो र वारकोड अनिवार्य

everest kitchen

 

काठमाडौँ । सरकारले विदेश जानेहरुको पीसीआर परीक्षण रिपोर्टमा सम्बन्धित व्यक्तिको फोटो र वारकोड राख्नुपर्ने नियम बनाएको छ । अबदेखि वैदेशिक रोजगारीमा जाने वा अन्य कुनै प्रयोजनले विदेश जाने नेपालीहरुले अनिवार्य पीसीआर परीक्षण ए वर्गका प्रयोगशालामात्र गरिएको मान्यता हुनेछ ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयले एक सुचना जारी गर्दै ए वर्गसंगै आईएमयू अनलाइन प्रणालीबाट नाकामै हेर्न मिल्ने गरी उपलब्ध गराइएको रिपोर्ट मात्र मान्य हुने जानकारी दिएको छ । नक्कली पिसीआर रिपोर्ट बनाउने देखि विभिन्न असावधानी क्रियाकलाप रोक्न सरकारले यस्तो व्यवस्था गर्ने निर्णय भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

यसअघि काठमाडौंका सुरिया ल्याबमा गरिएको पीसीआर परीक्षणको रिपोर्ट नक्कली फेला परेको थियो । उक्त घटनापछि सरकारले रिपोर्ट परीक्षणमा कडाइ गरेको हो । त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न मुलुकमा जान लागेकाहरुले सुरिया ल्याबबाट परिक्षण रिपोर्ट बनाएकोले नक्कली हुन सक्ने आशंका गर्दै फिर्ता पठाएको थियो ।