विदेशबाट स्वदेश फर्किने नेपालीले के-के गर्नुपर्छ ?

everest kitchen

 

काठमाडौं । पछिल्ला दिनहरुमा नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण व्यापक रुपमा फैलिएको छ । जसको फल स्वरुप बिहीवार बिहानबाट काठमाडौँ उपत्यका लगायत उपत्यका बाहिर पनि केही ठाउँहरुमा निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञासंगै होटल, रेष्टुरेन्ट तथा यातायातका साधनहरु ठप्प छन् ।

नयाँ भेरियण्टको चेन ब्रेक गर्न अर्थात्संक्रमणको फैलावट रोक्न भन्दै काठमाडौँ उपत्यकाकामा निषेधाज्ञा लागू गरिएसंगै सडक यातायात ठप्प भएपनि आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान भने नियमित रहेको छ । त्यस्तै अन्तर्राष्ट्रिय सिमा नाका पनि बन्द गरेको छैन् ।

त्यसैले विदेशबाट स्वदेश फर्किने नेपालीहरुले सरकारले तोकेका मापदण्ड पूरा गरेर यात्रुले नेपाल प्रवेश पाउने छन् ।स्वदेश फर्किने नेपालीको हकमा पहिलेकै जस्तो मापदण्डअनुसार स्वदेश फर्किन पाउनेछन् छ । अध्यागमन विभागका अनुसार हाललाई विदेशबाट आउने नेपाली यात्रुलाई होटल क्वारेन्टाइन अनिवार्य गरिएको छैन् । यद्यपि घर फर्केपछि भने अनिवार्य कम्तीमा १० दिन क्वारेन्टाइन बस्नुपर्छ ।

हवाइ मार्गबाट आउने स्वदेश फर्किने यसअघिको जस्तै यात्रा सुरु गर्नुअघि स्वाब संकलन भएको ७२ घण्टाभित्रको पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट देखाउनु पर्नेछ ।

त्यस्तै विदेश जानेहरुले पनि अनिवार्य पिसीआर परिक्षण रिपोर्ट देखाउनपर्नेछ । नेपालबाट विदेश जानेहरुले भने ए बर्गको प्रयोगशालाबाट परिक्षण गरिएको पीसीआर रिपोर्ट वा आईएमयू अनलाइन प्रणालीबाट नाकामै हेर्न मिल्ने गरी उपलब्ध गराइएको रिपोर्ट मात्र मान्य हुनेछ ।

यसअघि काठमाडौंका सुरिया ल्याबमा गरिएको पीसीआर परीक्षणको रिपोर्ट नक्कली फेला परेको थियो । उक्त घटनापछि सरकारले रिपोर्ट परीक्षणमा कडाइ गरेको हो । त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न मुलुकमा जान लागेकाहरुले सुरिया ल्याबबाट परिक्षण रिपोर्ट बनाएकोले नक्कली हुन सक्ने आशंका गर्दै फिर्ता पठाएको थियो ।