बिदेशमा निधन भएकाको निःशुल्क शव ढुवानी र आर्थिक सहायता नरोकिने

everest kitchen

 

काठमाडौँ। नयाँ भेरियन्टसहितको कोरोना भाइरस नियन्त्रणमा लिन सरकारले काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरेको भए पनि निःशुल्क शव ढुवानी र आर्थिक सहायता वितरण नरोकिने वैदेशिक रोजगार बोर्डले जनाएको छ । बोर्डले एक सूचना जारी गर्दै अन्य सेवाहरू भने अनलाइनबाटै सञ्चालन हुने जनाएको छ । सरकारले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका व्यक्तिको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि मृतकको घर ठेगानासम्म निःशुल्क ढुवानी गर्दै आएको छ ।

काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले कोरोना सङ्क्रमणले भयावह अवस्था निम्त्याउन सक्ने भन्दै आजदेखि उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा जारी गरेका छन् । उपत्यकामा निषेधाज्ञा जारी भए पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाईसेवा भने रोकिएका छैनन् । दैनिक औषत दुई/तीनवटा शव विमानस्थलमा आउने गरेको छ ।

नयाँ भेरियण्टको चेन ब्रेक गर्न अर्थात्संक्रमणको फैलावट रोक्न भन्दै काठमाडौँ उपत्यकाकामा निषेधाज्ञा लागू गरिएसंगै सडक यातायात ठप्प भएपनि आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान भने नियमित रहेको छ । त्यस्तै अन्तर्राष्ट्रिय सिमा नाका पनि बन्द गरेको छैन् ।

त्यसैले विदेशबाट स्वदेश फर्किने नेपालीहरुले सरकारले तोकेका मापदण्ड पूरा गरेर यात्रुले नेपाल प्रवेश पाउने छन् ।स्वदेश फर्किने नेपालीको हकमा पहिलेकै जस्तो मापदण्डअनुसार स्वदेश फर्किन पाउनेछन् छ । अध्यागमन विभागका अनुसार हाललाई विदेशबाट आउने नेपाली यात्रुलाई होटल क्वारेन्टाइन अनिवार्य गरिएको छैन् । यद्यपि घर फर्केपछि भने अनिवार्य कम्तीमा १० दिन क्वारेन्टाइन बस्नुपर्छ ।