विप्लव समूहका नेता माइला लामा थुनामुक्त

everest kitchen

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माइला लामा थुनामुक्त भएका छन् । करिब एक बर्ष अघि पक्राउ परेका उनि बिहीबार जिल्ला अदालत, संखुवासभामा २५ हजार रुपैयाँ धरौटी बुझाएपछि थुनामुक्त भएका हुन् । यसअघि सरकार र उक्त समूह बीच सहमति भएपछी थुना मुक्कता हुनेमध्येका उनि पनि प्रमुख नेता हुन्।

शुकबार अदालतबाट धरौटी बुझाएकाले छाड्नू भन्ने पत्र प्राप्त भएकाले लामालाई थुनामुक्त गरिएको जिल्ला कारागार संखुवासभाका जेलर विनोद अधिकारीले जानकारी दिए। यद्यपि सरकारले मुद्दा फिर्ता लिने सहमति पालना नगरेकाले लामा धरौटी तिरेर छुटेको विप्लव समूहका नेताहरूले बताएका छन् ।

उनलाई प्रहरीले ५ साउन २०७६ मा पक्राउ परेको थियो । एकपछि अर्को जिल्लामा पुर्याइएका उनीसँगै जिल्ला अदालतले २५ हजार धरौटी मागेको थियो । तर अन्य कार्यकर्ता नछुटेसम्म धरौटी नतिर्ने भन्दै संखुवासभामा बसेका थिए ।

सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच ३ बुँदे सहमति भएपछी सरकारले मुद्दा फिर्ता लिने बताएको थियो।
राष्ट्रियसभा गृहमा आयोजित एक विशेष समारोहका बीच सरकारका तर्फबाट वार्ता टोली संयोजक रामबहादुर थापा र विप्लव समूहको तर्फबाट प्रवक्ता तथा वार्ता टोली संयाेजक खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका थिए ।