गत २४ घण्टामा करिब ६ हजार संक्रमित थपिदा ३३ जनाको निधन

everest kitchen

काठमाडौं । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ५ हजार ६५७ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा हालसम्म संक्रमित हुनेको कुल संख्या ३ लाख २३ हजार १८७ पुगेको छ। यो पछिल्लो समयको अहिलेसम्मकै उच्च दर हो ।

नेपालमा गएको २४ घण्टमा ९२८ जना जना मात्रै कोरोना संक्रमण मुक्त भएका छन् । योसहित जम्मा निको हुनेको संख्या २ लाख ८१ हजार ९५ जना पुगेका छन । यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या ३८ हजार ८१३ जना रहेका छन । यो सक्रिय संक्रमितको सङ्ख्यामा पनि उच्च हो ।

त्यस्तै हालसम्म नेपालमा ३ हजार २७८ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । जसमध्ये गएको २४ घण्टामा देशभरका विभिन्न स्थानमा गरि थप जम्मा ३३ जनाकाे मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै क्वारेन्टाइनमा हाल देशभर जम्मा ५५ जना मात्रै रहेको तथ्यांक रहेको छ।

छिमेकी देश भारतमा संक्रमितको सङ्ख्या बढेसंगै नेपालमा पनि संक्रमण दर उच्च रहेको छ । जसको कारण देशभर हालसम्म १२ जिल्लामा पुर्ण र ४ जिल्लामा आंशिक निषेधाज्ञा जारी गरिएको छ भने केहि जिल्लाले निशेधज्ञाको घोषणा गरि सकेका छन् । यस्तै काठमाडौं उपत्यकामा गएको १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको छ ।