श्रमिक दिवसको अवसरमा ईन्स मलेसियाको शुभकामना आदानप्रदान कार्यक्रम

everest kitchen

मलेसिया। जहिले पनि नेपालको लागि, जहाँ पनि नेपालीको लागी मुल नाराका साथ स्थापना भएको अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) मलेसियाको आयोजनामा मे १ तारिक “१३२औ अन्तर्राष्ट्रिय श्रमिक दिवस” को जुम भर्चुअलको माध्यमबाट शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मलेसियामा कृयाशिल रहेका नेपाली संघसंस्थाको प्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो

कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली समाज मलेसियाका अध्यक्ष राजु तामाङको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुतावास मलेसयाका उपनियोग प्रमुख मोति बहादुर श्रीश मगर, विशेष अतिथि अन्तर्राष्ट्रिय नेपाली समाज केन्द्रीय अध्यक्ष अर्जुन घिमिरे, नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष बिपिन राई, गैर आवासिय नेपाली संघ मलेसियाका महासचिव हेमराज साप्कोटा रहेका थिए ।

अतिथिहरुमा – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मलेसियाका अध्यक्ष दिप सुनाखरी मगर, सुदूरपश्चिमेली नेपाली समाज मलेसियाका अध्यक्ष तुलाराम धामी, पिएनसिसि मलेसियाका संयोजक मछिन्द्रनाथ चापागाइ , नेपाल तामाङ घेदुङ मलेसियाका अध्यक्ष जगत दोङ तामाङ , नेपाल मगर संघ मलेसियाका अध्यक्ष पुस्मिता ठाडा मगर रहेका थिए। किराँत राई यायोक्खा मलेसियाका अध्यक्ष युवराज साम्पाङ राई, तमु समाज, मलेसियाका अध्यक्ष समीर गुरुङ, किराँत याक्थुमचुम्लुङ मलेसियाका अध्यक्ष दिल केरुङ लिम्बु , हेल्प मधेसि मलेसियाका उपाध्यक्ष सुरेन्द्र महतो रहेका थिए।

त्यस्तै, नेपाल कलाकार संघ मलेसियाका प्रतिनिधि डिएस थापा,मेचीमहाकाली सेवा समाज, मलेसियाका प्रतिनिधि नेत्र प्रताप सेन, हातेमालो सेवा समाज मलेसियाका अध्यक्ष पुरुशोतम कार्की ढोली, ओखलढुंगे सेवा समाज मलेसियाका अध्यक्ष हिरालाल दयाल, दोलखाली सेवा समाजको अध्यक्ष रमेश बस्नेत, काभ्रे काल्याणकारी सेवा समाज मलेसियाका प्रतिनिधि सोनाम तामाङ, असल छिमेकी मलेसियाका प्रतिनिधि प्रकाश खतिवडा , रोल्पाली सेवासमाज मलेसियाका महासचिव रामप्रसाद मगर, अन्तर्राष्ट्रिय नेपाली समाज मलेसियाका सल्लाहकार डा हुम गुरुङ, संकर पौडेल, संरक्षक ईश्वर राई लगायतको अतिथित्यता रहेको थियो।

शुभकामना मन्तब्यको क्रमामा बोल्दै, नेपाली राजदुतावासका उपनियोग परमुख मोति बहादुर श्रीशल, श्रमिकहरुले लामो समयकालको आन्दोलन र संघर्ष पछि श्रमिकहरुको अधिकारको निम्ति नेपालको संविधान २०१५ ले नेपाली श्रमिकहरुको उचित पारीश्रमिक, सामाजिक सुरक्षाको प्रत्याभूति गराएको बताए । अझै परिस्कृत र उचित किसिमको कानुन बनाउने प्रयात्न भईरहेको छ, उनले भने , नेपालीहरुले बिदेशमा आएर श्रम अभ्यास गर्ने क्रममा देखा पर्ने समस्या नेपालमा भन्दा बिदेशमा फरक संस्कार अनि फरक तरिकाले कानुनी अभ्यासहरु भएकोले समस्या भोग्ने गरेको देखिन्छ ।

पछिल्लो समय नेपालीहरु चेतनाको स्थर वृद्धि भएको छ। त्यसैले, आफ्नो समस्याहरु र अधिकारको बारे कुरा राख्न सक्ने भएका छन् । त्यस कारण नेपाली श्रमिकहरु तुलनात्मकरुपमा अधिकार सम्पन्न हुदै गएको छ उपनियोग श्रीसले बताए । मलेसियामा नेपाली नागरिकहरुको अधिकारकोलागि दुतावासले अधिक प्रयास गरिरहेको साथै मलेसियामा रहेका नेपालीहरुलाई समस्या पर्दा दुतावासलाई आवश्य सहयोग सबै संघसंस्थाले गर्ने गरेको र आगामि दिनमा अझै सशक्तरुपामारुपमा दुतावासलाई सहयोग गर्न आग्रह गर्दै उनले धन्यबाद पनि ज्ञापन गरे।

कार्यक्रमम शुभकामना मन्तव्यकै क्रममा विशेष अतिथि अन्तर्राष्ट्रिय नेपाली समाजका केन्द्रिय अध्यक्ष अर्जुन घिमिरेले श्रमिकहरु क्रमिकरुपमा अधिकार सम्पन्न हुँदै गईरहेको र सबै स्तरबाट सचेतना बृद्धि गराउदै जान पर्ने आवश्यकता रहेको बताउदै यस कार्यक्रम आयोजना गरेकोमा आयोजलाई धन्यबाद ब्यक्त गरेका थिए । यसै क्रममा विशेष अतिथि नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष बिपिन राईले मलेसियामा रहेको सबै संघसंस्थाहरुले पहिलै देखि बिभिन्न कार्य र कार्यक्रम गर्दै आए पनि अन्तर्राष्ट्रिय नेपाली समाजले बृहत श्रमिक उद्धार कोष जस्तो पृतक तवरको कार्ययोजना ल्याएको र यस कार्यमा आफु र आफ्ना संस्थाले सहकार्य र सहयोग गर्ने बताए ।

कार्यक्रमका विशेष अतिथि गैरआवासीय नेपाली संघ मलेसियाका महासचिव हेमराज साप्कोटाले दिवसको शुभकामनाको साथै श्रमिकहरुको उद्धार र सहयोगमा गैर आवासीय नेपालीसंग सधै प्रतिबद्ध भएकोले सबै संघसंस्थासंग सहकार्य गर्दै मलेसियामा रहेका नेपालीहरुलाई उद्धार कार्यमा लागि पर्न अग्रह गरेका थिए ।

कार्यक्रममा मन्तव्यकै क्रममा समाजका संरक्षक ईश्वर राईले मे महिना मै मलेशियामा श्रमिक राहत कोषको स्थापना गर्ने समाजले राजदुतावास तथा भिबिन्न संघ सस्थाहरुसंगको समन्वय अगाडि बढाएको जानकारी दिदै हाल नेपाली दुतावास मलेसियाको प्रत्येक्ष संलग्नतामा मलेसियामा कृयाशिल ४६ भन्दा बढि संघसंस्थाहरुसंग आपसी सहकार्य र सद्धभाव कायम गरि श्रमिकहरुको सहयोग र उद्धारको क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाए ।

त्यस्तै कार्यक्रममा नेपाली दुतावास मलेसियाका जनसम्पर्क अधिकृत टेकबहादुर बुढा, जगत दोङ तामाङ, सोनाम तामाङ, समीर गुरुङ, सुरेन्द्र महतो लगायतका अतिथिहरुले शुभकामना मन्तब्य दिएका थिए । उक्त कार्यक्रममा राजेश राई , तारादेबि राई, प्रेम संगीत बि. सिले गित प्रस्तुत गर्नुभयो थियो भने बिक्रम याक्खा, टुकेन्द्र थुलुङ पौरखी, पुस्प बहादुर राना र सुरेन्द्र महतोले कबिता बाचन र साहित्यकर्मी राजु क्षेत्रि अपुरोले लघुकथा प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रमको सहजीकरण समाजका बरिष्ठ उपाध्यक्ष समीर मल्लले गरेका थिए भने स्वगत मन्तब्य उपाध्यक्ष बिक्रम याक्खाले दिएका थिए । कार्यक्रम सभ्य अनि भब्यताका साथ समपन्न भयको र कार्यक्रममा उपस्थित भैइ कार्यक्रमलाई सफल पार्न सहयोग गर्नु हुने सम्पुर्णलाई धन्यवाद दिदै यस्ता कार्यक्रमलाई अन्तर्राष्ट्रिय नेपाली समाज मलेसियाले निरन्तरता दिइरहने समाजका अध्यक्ष राजु तामाङले जानकारी गराउदै कार्यक्रम समापन गरेका थिए ।