राष्ट्रपतिसंग प्रधानमन्त्री केपी शर्मा ओलीको भेट

everest kitchen

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् । बालुवाटारमा आकस्मिक स्थायी कमिटी बोलाएका प्रधानमन्त्री ओली शीतलनिवास पुगेका हुन् । अहिले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता चलिरहेको छ । प्रधानमन्त्री कार्यालयले भने नियमित भेटघाटका लागि शीतलनिवास पुगेको जनाएको छ ।

ओलीले आकस्मिक रूपमा आज नेकपा एमालेको स्थायी कमिटी बैठक पनि बालुवाटारमा बोलाएका छन्। लुम्बिनी प्रदेशलगायतमा देखिएका राजनीतिक घटनाक्रम, कोरोना महामारीलगायत विषयमा छलफल हुने बताइएको छ। यसअघि पनि नेकपा एमालेको आकस्मिक रूपमा बसेको स्थायी कमिटी बैठक सम्पन्न भएको छ। बैठकमा कोरोना रोकथाम तथा नियन्त्रणका विषयमा छलफल भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका थिए । अब बस्ने बैठकमा भने लुम्बिनी प्रदेशको बारे छलफल गर्न बोलाएको बताएको छ।

आजै मुक्यमंत्रीबाट राजिनामा दिएर पुन: पदभार समाल्ने तयारीमा रहेका मुख्यमन्त्री शंकर पोखरेल रहेकोमा दाङबाट उपनिर्वाचन हुँदा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीबाट चुनाव जितेकी लुम्बिनी प्रदेश सभा सदस्य विमला वली (खत्री) ले नेकपा कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रोजे पछि राजनीतिले अर्को रुप लिएको छ।