पोखरेल पुनः मुख्यमन्त्री नियुक्तिमा विवाद, अल्पमतमा पोखरेल

everest kitchen

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले संविधानको धारा १६८ (१) बमोजिम नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता पोखरेल पुनः मुख्यमन्त्री नियुक्त गरेका हुन् । उनको पुन: नियुक्ति बारे भने बिबादमा परेको छ।

तीन वर्षअघि धारा १६८ (२)अनुसार मुख्यमन्त्री बनेका पोखरेलले आइतबार विहान मात्र राजीनामा दिएका थिए । राजीनामा दिएलगतै उनले बहुमत सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । साबिकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट निर्वाचित बिमला वलीले माओवादी केन्द्र रोजेकाले पोखरेलसँग बहुमत नभएको भन्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलले मुख्यमन्त्री नियुक्त नगर्न माग गरेका थिए ।

यसका बाबजुद पनि उनलाई देश प्रमुख यादवले पुन: नियुक्ति गरेका हुन्। लुम्बिनी प्रदेशमा शंकर पोखरेल पुन: मुख्यमन्त्री नियुक्त भएपछि नेकपा एमालेका तीन जना सांसदले राजीनामा दिएका छन्। उनीहरूले असन्तुष्टि जनाउँदै आज पदबाट राजीनामा दिएका हुन्। कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित दुगनारायण पाण्डेय, कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजय शाहीले राजीनामा दिएका हुन्। यसपछि भने पोखरेलको बहुमत दाबी अल्पमतमा पर्ने भएको छ।