मकवानपुरको कैलाश गाउँपालिपाको एकै वडामा १८ जनामा संक्रमण, अत्यावश्यक बाहेक सबै सेवा बन्द

everest kitchen

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका–९ मा १८ जनामा कोरोना संक्रमण देखिएको छ ‌। आइतबार नामटार बजारमा २५ जनामा परीक्षण गर्दा १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको कैलाश गाउँपालिकाका अध्यक्ष टंक मुक्तानले जानकारी दिए ।

संक्रमित हुनेमा ४ वर्षदेखि ८० वर्षसम्मका नागरिक छन् । क्षणसहितका विरामी देखिएपछि गाउँपालिकाले आइतबार परीक्षण गराएको हो । संक्रमण पुष्टि भएका व्यक्तिहरु होम आइसोलेसनमै रहेको र उनीहरुलाई स्वास्थ्यकर्मीले आवश्यक परामर्श र निगरानीमा राखिएको अध्यक्ष मुक्तानले बताए ।

संक्रमण फैलिएको पाइएपछि सो वडामा स्वास्थ्य, सुरक्षा जस्ता अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ । विद्यालय, संघ संस्था, पसल लगायत सम्पूर्ण सार्वजनिक गतिबिधिमा रोक लगाइएको गाउँपालिका अध्यक्ष मोक्तानले जानकारी दिए । पछिल्लो समय देशभर कोभिड संक्रमित बढे संगै मकवानपुरमा निषेधाज्ञा लागु गरिएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ जना र ६२३ एन्टिजेन परीक्षणमा ७४ जना गरी एकै दिन ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो संक्रमण नेपालमा हालसम्मकै सर्वाधिक हो।