एनआरएनए अध्यक्ष पन्तलाई संक्रमण, अस्पतालमा बेड नपाउदा घरमै आइसोलेसन

everest kitchen

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुमार पन्तले अस्पतालमा बेड नपाउदा घरमै बसेर उपचार गर्न बाध्य भएका छन् । एनआरएनए अध्यक्ष पन्तलाई कोरोना संक्रमण, अक्सिजन कमि र ज्वरो बढेपछि आइतवार अस्पतालमा भर्ना गर्न खोजिएको थियो तर काठमाण्डौंका अस्पतालमा बेडको अभाव भए पछि अस्पताल जान पाएनन् । उनी अहिले होम आईसोलेसनमा छन्।

 

पन्तले स्वास्थ्य अवस्था सामान्य रहे तापनि डाक्टरको सल्लाह बमोजिम सोमवार विहान अस्पताल जाने तयारी गरेको जानकारी दिए । भाइरस (कोभिड–१९) को लक्षण देखिएपछि पीसीआर परीक्षण गराउँदा ‘पोजेटिभ रिपोर्ट’ आएको पन्तले आफ्नो फेसबुक टाइमलाइन मार्फत सार्वजनिक गरेका थिए । पन्त आइसोलेशनमा रहेर आइतवार भएका संघका वैठकहरुमा सहभागी भएका थिए ।

 

‘सावधानी अपनाउँदा अपनाउँदै मलाई पनि कोरोनाले भेटेछ। पीसीआर परिक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको छ । अहिले म आइसोलेसनमा छु । केही दिनयता मेरो सम्पर्कमा रहनुभएका सबैलाई सतर्क रहन अनुरोध छ । असुविधानका लागि क्षमाप्रार्थी छु’ पन्तले आफ्नो फेसबुक टाइमलाइनमा लेखेका छन् ।

 

पन्त गैरआवासीय नेपाली संघको बिभिन्न बैठक तथा काममा सहभागी हुन नेपाल पुगेका थिए । पन्त यस अघि गोर्खाको लाप्रकमा एनआरएनले निर्माण गरेको लाप्राक बस्ति स्थानीयलाई हस्तारण गर्न समेत पदाधिकारी सहित गोर्खा पुगेका थिए। त्यस्तै उनले नेपालमा थुप्रै कार्यक्रममा भाग लिएका थिए।