बिहीबारदेखि अन्तर्राष्ट्रिय हवाई उडान बन्द, विदेश जाने र आउने बन्द

everest kitchen

 

काठमाडौं ।  सरकारले वैशाख २३ गतेदेखि लागू हुने गरी अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेपछि भिसा लागिसकेका श्रमिक पनि रोकिने भएका छन् । यसअघि २०७६ चैतमा सरकारले लकडाउन गर्दा पनि श्रमिकहरु विदेश जानबाट रोकिएका थिए । सरकारले २०७७ असारपछि मात्रै श्रमिकलाई विदेश जान श्रम स्वीकृति दिन थालेको थियो ।

सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरेपछि विदमा आएका श्रमिकहरु पनि वैशाख मसान्तसम्म यतै रोकिने निश्चित भएको छ । हवाई उडान बन्द हुने भए पनि हालसम्म श्रम स्वीकृति दिने क्रम भने बन्द भएको छैन । वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडी बन्द गर्ने विषय छलफलकै क्रममा रहेको बताउँछन् । उनले मंगलबार अवस्थाको विश्लेषण गरेर श्रम स्वीकृति बन्द गर्ने वा जारी राख्ने निर्णय गरिने बताए ।

सरकारले वैशाख २३ गते (बिहीबार) राति १२ बजेबाट लागू हुने गरी सबै अन्तर्राष्ट्रिय उडान बन्द गरिएको छ । तर, भारतसँगको उडान भने सातामा दुई वटा कायम रहने भएको छ । यो उडान प्रतिवन्ध वैशाख मसान्तसम्म कामय हुनेछ । यद्यपि भारत र नेपालबीच एयर बबल स्किमअनुसार उडानलाई सरकारले कटौती गर्न सकेन । भारतसँग हप्तामा दुई तर्फी दुई उडानहरू हुने छन् ।

भारतबाट आउने यात्रु १० दिन क्वारेन्टिनमा बस्नु पर्ने निर्णय भएको छ । अत्यावश्यक अवस्थामा अनुमति लिएर चार्टर्ड उडान भने गर्न सकिने नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमाहनिर्देशक तथा प्रवक्ता राजकुमार क्षेत्रीले बताए । यो नियम लागु भएसंगै अब मलेसिया लगयत खाडी तथा अन्य देशबाट पनि नेपाल फर्कन पौने पाउने छैनन्।