कोभिड-१९ मलेसिया : आज ३ हजार १२० जना संक्रमित, २३ जनाको निधन

everest kitchen

ऐजेन्सी । मलेसियामा नयाँ कोभिड -१९ संक्रमितको सङ्ख्या थपिने क्रम रोकिएको छैन । आइतबार मात्र ३ हजार १२० जना थपिए । यो मलेसियामा उच्च संक्रमित सङ्ख्या हो । पछिल्लोपटक मलेसियामा पनि संक्रमण तिब्र हुद‌ गएको तथ्यांकले देखाउछ ।

त्यस्तै आज मलेसियामा काेराेनाकाे कारण २३ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने १ हजार ५७४ जना रहेका छन् । यो मृत्यु सङ्ख्या पनि उच्च हो । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ३ हजार १२० जना रहेकाे छ । मलेसियामा हालसम्म ४ लाख २० हजार ६३२ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै आज २ हजार ३३४ जना निको भएसंगै मलेसियामा हालसम्म कोभिड-१९ संक्रमितमध्ये ३ लाख ८७ हजार ५४२ जनाले स्वास्थ्य लाभ गरेको मलेसियाको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । केही समय अघि सक्रिय संक्रमितको सङ्ख्या ५१ जना मात्रै रहेको मलेसियामा हाल ३१ हजार ५१६ जनामा सक्रिय संक्रमण रहेको छ ।

केहि समयअघि मलेसियामा लामो समय कोरोना नियन्त्रणको नजिक पुगेको तथ्यांकले देखाएपनि अहिले पछिल्लोपटक कोरोना संक्रमित बढेको पछिल्लो पटकको तथ्यांकले देखाउने गरेको छ । केही दिन देखि मलेसियामा ३ हजार माथिको हाराहारीमा संक्रमण पुष्टि भईरहेको छ भने निको हुनेको सङ्ख्या पनि सोही अनुसार रहेको तथ्यांकले देखाउछ ।