कोरोना प्रकोप : नेपाल र सिंगापुरको फरक, सिंगापुरले कसरि गर्यो नियन्त्रण

everest kitchen
file photo

आले माईला
नेपालमा अहिले कोरोना महामारीको दोश्रो लहर आगो सरी फैलिएको छ भने सिङ्गापुर चाँही यो महामारी नियन्त्रण र ब्यबस्थापनमा अहिले सम्मको लागि संसार कै एक सफल देशको रुपमा दरिएको छ। यही अवस्थालाई मध्य नजर राखी हामी नेपालीहरुको लागि केही जानकारी हुन सक्छु की भन्ने हेतुले मैले सिंगापुरको कोभिड अपडेटको रुपमा छोटकरीमा लेखेको छु।

हामी नेपालीहरु स्वाभावैले कम डराउने, नतेर्ने, सावधानी नरहने, नजानी नबुझी जान्ने बन्ने, पुर्व तयारी र सावधानी नअपनाउने, सरोकारवालाको निती-नियमहरु सके सम्म नमानेर कुच्न, नाँघ्न पाए ठुलो सम्झिने, अल्लि बढी नै स्वार्थी, सही र गलत छुट्याउनु भन्दा आँफुलाई ठीक लागेको कुरालाई मात्रै मान्ने बानीले गर्दा अहिले कोरोनाको महामारीमा पनि धेरै भ्रमहरु फैलाउने काम भएको जस्तो लाग्छ। धार्मिक तथा सामाजिक आस्था, मान्यताहरुको टेकोमा पनि धेरै भ्रमहरु फैलिएको देखिन्छ। आ-आफ्नो मान्यता, भगवान र धर्मको उपयोग र रोग-ब्याधी, महामारी, प्राकृतिक बिपत्तीहरु बीचको भिन्नता पनि हामीले छुट्याउन नसकेको जस्तो देखिन्छ।

चाइनाको हुवानमा कोरोनाले महामारीको रुप लिनासाथ छिमेकी देशहरुमा फैलिन शुरु भयो र सिङ्गापुरमा २०२० को जनवरी २३ तारिखमा पहिलो केस भेटिएको थियो। अघिल्लो दिन नै मन्त्री परिषदको आपतकालिन बैठक बसेको थियो र तुरुन्तै सावधानी अपनायो। यो नयाँ रोगको महामारी तर औषधी नभएको अबस्था हुनाले सबै भन्दा सफल विधि चै छुट्याएर आईसोलेसनमा राख्ने र कनट्याक ट्रेसिङ्ग मार्फत फैलिन नियन्त्रण गर्ने गरी सबैमा निगरानी राख्यो। जनतालाई सम्झायो, बुझायो र नियम पालना गरे।

शुरुमा चिनिया पर्यटकहरुबाट सरेर गाडी चालक, अनि टुर गाइड हुदै ती पर्यटकहरुले घुमेका, समान किनेका पसलहरु, पुगेका ठाउँहरुमा नयाँ केसहरु देखिन थाल्यो र एक पछि अर्को गर्दै समुदायमा सर्न थाल्यो। २०२० जनवरी २४ र २५ तारिखमा लुनार नयाँ वर्ष हुनाले चिनाहरुको संस्कार अनुसार धेरै परिवार भेटघाट हुने र संगै खाने चलन हुनाले समुदायमा धेरै सर्यो र दैनिक जसो १०-१५ जना नयाँ केसहरु देखिन थाल्यो। तर सिंगापुर सरकारको सक्षमता, स्वास्थ्य छेत्रमा संसार मै राम्रो सुविधा भएको देश हुनाले सो समय सम्म नियन्त्रण बाहिर थिएन। समुदायमा सामाजिक जमघटहरु घटे भने सामाजिक दुरी कायमको नियमहरु पालना गरिन शुरु भयो।

फेब्रुअरी ३ तारिखमा अचानक २ जना बिदेशी कामदारहरुमा रोग भेटियो। सो समयमा सिंगापुरमा २ लख ८४ हजार ३०० बिदेशी कामदारहरु थिए। उनीहरु सिंगापुरको विभिन्न छेत्रमा रहेको ५१ वटा होस्टेलहरुमा बस्थे। तर कामको प्रकृति र आयोजनाको साइटहरुमा उनीहरुको काम संगै हुने रहेछ। यसै पनि हरेक आईतवारको छुट्टीमा यहाँ लिटिल ईन्डिया भनेर चिनिने ठाउँमा उनीहरुको भेटघाट र मेला नै लाग्ने गर्थ्यो।

सिंगापुर सरकारले सावधानी अपनाउन, दुरी कायम गर्न, बिसन्चो भए तुरुन्त खबर गर्न सुचनाहरु दिईरह्यो र समुदायमा एकदम है अलर्ट रह्यो। फल स्वरुप धेरै फैलिएन। तर कामदारहरुको होस्टेलहरु तथा कार्यस्थलहरुमा भने केही निगरानीको कमी भयो, लापरवाहीहरु भए वा भनौ आँखा छल्ने काम गरेको जस्तो देखियो। धेरैले हामी जस्तो तन्दुरुस्त, बलियोलाई केहि हुदैन जस्तो सोच्ने, अटेर गर्ने, लुकी लुकी आपसमा भेट्ने आदि हुँदा उनीहरुको होस्टेलमा महामारी फैलियो।

सिंगापुरमा आजको दिन सम्ममा समुदाय (यहाका नागरिक )मा फैलिएको केस जम्मा २ जम्मा ४१४ जना छ जो अत्यान्तै न्यून भन्न मिल्छ। तर जम्मा केस ६१ हजरा २६८ जनामा कामदारहरुको केस मात्रै ८९ प्रतिशत रहेको छ । कामदारहरुको लापरवाहीमा सरकारको ध्यान नगएको र जसको कारण सरकारले ठुलो मूल्य चुकाउनु परेको भनेर यहाँ सरकार प्रति जनगुनासो रहेको थियो।

सरकारको पूर्ण सकृयतामा विभिन्न सभा हलहरु, ब्यापारीक कार्यक्रमका हलहरु, कार्यक्रम गर्ने थलोहरु आदिलाइ तुरुन्त अस्पताल तथा आइसोलेसन तथा क्वारेन्टाइन स्थान बनाएर नियन्त्रणमा तदारुकता ल्याएको थियो। यहाँको सरकारको एक्शन प्लान , निर्देशन, प्रभावकारी स्तरको उपलब्ध स्वास्थ्य सेवा हुनाले कोरोनाको कारण अहिले सम्म जम्मा ३१ जनाले मात्र ज्यान गुमाएको छन भने ४१४ जनामा मात्रै हाल सक्रिय संक्रमण रहेको छ।

सिंगापुरमा विदेशी पर्यटक बाहेक यहाँका कामदार तथा स्थानियहरुलाई कोरोना उपचार नि:शुल्क हुन्छ। व्यापारिक केन्द्र सिंगापुर, प्रशान्त छेत्रको केन्द्रको रुपमा रहेको हुनाले विभिन्न देशहरुसंग ग्रीन लेन, पारस्परिक यात्रा योजना आदि गरी आउन र जाने पाउने ब्यबस्था गरिएको छ । तर उनीहरुलाइ पूर्णरुपमा आवागमन नियन्त्रण नियममा रहेर काम गर्न अनुमती दिन्छ।

अस्थाई अस्पतालको रुपमा बनाईएको स्थानहरुमा अहिले व्यापारिक प्रयोजनको लागि विदेशवाट आउनेहरुको लागि सुबिधा सम्पन्न वैठक स्थल (कोरोनाको नियम पालना गरी) बनाईएको छ। सो बाहेक अन्य प्रयोजनमा विदेशबाट आउनेहरुले आउनु आगावै अपनाउनु पर्ने नियम पालना गरी पीसीआर परिक्षण तथा यहाँको सरकारसंग अनिवार्य अनुमती लिनु पर्छ र १४ दिन क्वारेन्टाइनमा अनिवार्य बस्नु पर्छ। यहाँका धेरै जसो सुबिधा सम्पन्न होटेलहरुलाई क्वारेन्टाइन स्थल बनाईएको छ। अहिले सम्म विदेशबाट आयातित केसहरु ४ हजार ३२० पुगेको छ।

सिंगापुरले महामारी नियन्त्रणको लागि भारतमा दोश्रो लहर विकराल भएको तथा नयाँ कोरोना देखिएको, नेपाल र बंगलादेश देखि धेरै भारतीयहरु यात्रा गरी यहाँ आएको कारणले यहाँका बासिन्दालाई बाहेक सबै यात्रुलाई अहिलेको लागि प्रवेश निषेध गरेको छ। नेपालमा अझै पनि कोरोनालाई केही होईन, यो हल्लाह मात्रै हो, अझ ब्यापारीहरुको खेल या पुँजीवादी सरकारहरुले बेफकुफ बनाउने खेल सम्म भन्न भ्याएको देख्छु।

यो चाँही खासमा भ्रम हो। यो खतरनाक महामारी हो। लापरवाही र हेल्चेक्याईको मूल्य महँगो हुन्छ भनेर सिंगापुरको दृस्तान्त छोटकरीमा राखेको छु। धनी देश, विकसित देशहरुले आफ्नो जनताको जिउ ज्यानको जिम्मेवारी लिन्छ र ठिकै छ। तर हाम्रो नेपालमा पहुँच र पैसा छैन भने अस्पताल भर्ना समेत पाउन सक्दैन। जसलाई पर्यो – पर्यो! अरु कसैलाई वास्ता छैन। त्यसैले आफैं सजक होऔ, सर सफाई, सामाजिक दुरी कायम राखौ। भिडभाडबाट बचौ र कोरोनाबाट सुरक्षित रहौ।
(यो सामाग्री सिंगापुर निवासी आले माईलाले (लाल बहादुर आले तयार परेका हुन् )