प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीसंग छलफलमा

everest kitchen

 

काठमाडौं। नेकपा एमाले स्थायी कमिटीको बैठक सकिएको छ। बैठकपश्चात प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास गएका छन्। अहिले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारी बीच छलफल चलिरहेको छ। पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी दिन प्रधानमन्त्री राष्ट्रपतिलाई भेट्न पुगेको बताएको छ ।

वैशाख २७ गते संसदबाट विश्वासको मत लिन लागेका प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सट्टा तिकाउन राजनीतिक सक्रियता बढाएका छन्। त्यसअघि ओलीसहित एमाले नेताले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतसँग बुधबार बुढानिलकण्ठ पुगेर विश्वासको मत मागेका थिए। तर कांग्रेसले विश्वासको मत दिन नसकिने प्रष्ट बताएको छ।

आफूले विश्वासको मत लिन नसके अरूले बहुमतको सरकार बनाउने अवस्था पनि नरहने भन्दै चुनावमा जानुपर्ने तर्क अगाडि सारिरहेका प्रधानमन्त्री ओली बिरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) को एउटा धार (उपेन्द्र यादव र बाबुराम भट्टराई) पक्षको गठबन्धन लागि परेको छ।