केएल जानु अघि बुझ्नुस, एमसिओ लागेको छ

everest kitchen

मलेसियन सरकारले कोरोना कहर लगातार अनियन्त्रित भएपछि क्वालालम्पुर लगायत मलेसियाका बिभिन्न स्थानमा एमसिओ (आवागमन नियन्त्रण आदेश) लागु गरेको छ ।
मलेसियन सरकारले एमसिओ लगाएको यो तेश्रो पटक हो । दैनिक ३ हजार भन्दा बढी नया बिरामि भेटिन थालेपछि सरकारले एमसिओ लगाउने निर्णय लिएको मलेसियका रक्षा मन्त्री दातुकश्री इस्माइल सब्रि याकुबले जानकारी गराएका हुन् ।
मलेसियाको राजधानि क्वालालुम्पुर, सेलाङगर लगायत तेराङगानु, पेराक र जोहोरबारुका केहि भागमा एमसिओ लागु हुनेछ ।
विशेष गरि आउदै गरेको हरिराय पर्वमा मानिसहरु मेलापात, किनमेल तथा आफन्तहरुको भेटघाटमा बढी भेला हुने हुनाले कोरोना प्रकोप झनै बढ्ने संभावनालाई मध्य नजर गरि यो नियम लगाइएको हो ।
एमसिओ लागु भएपछि अनावश्यक हिडडुल गर्न, भिडभाड गरेर बजारमा किनमेल गर्न लगायतका प्रतिबन्ध लागुहुन्छ भने एक जिल्लाबाट अर्को जिल्लामा जानलाई अनुमति लिनुपर्ने हुन्छ ।