आमा दिवस विशेष : आमाका अनुभूति

everest kitchen

काठमाडौँ। आमा दिवस विशेष कार्यक्रम आमाको अनुभूति हुने भएको छ । आगामी वैशाख २६ मा अन्तराष्ट्रिय नेपाली समाज (इन्स ) महिला समितिको बिशेष आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । कार्यक्रम नेपाली समयानुसार सांझा पांच बजे हुने भएको हो।

कार्यक्रममा नेपालबाट विभिन्न महिला व्यक्तित्वहरुको सहभागिता रहनेछ भने उनीहरुले आफ्ना अनुभूतिहरु राख्ने छन्। त्यस्तै, कार्यक्रममा विभिन्न साहित्यीक सिर्जना बाचन पनि गरिने भएको छ। कार्यक्रम जुम अनलाइन मार्फत गरिनेछ भने कार्यक्रमलाई फेसबुक लाइभमा पनि हेर्न सकिनेछ।

अन्तरराष्ट्रिय नेपाली समाज नेपालीहरुको एक बिशुद्ध सामाजिक संस्था हो। समाजले नेपाली भाषा, साहित्य, कला, आर्थिक, सामाजिक रुपान्तरणको लागि काम गर्ने धेय राखेको छ। त्यस्तै, संस्थाले विश्व नेपाली साहित्य सम्मलेन समेत गरेको थियो। त्यस्तै, समाजले नेपाली भाषा, साहित्य र कलाको क्षेत्रमा विशेष योगदान दिने व्यक्तित्वलाई हरेक वर्ष रू एक लाख बराबरको आईएनएस सम्मान तथा पुरस्कार प्रदान गर्नेसमेत भएको छ ।

समाजले भर्चुअलरुपमा आयोजना गरेको विश्व नेपाली साहित्य सम्मलेनको घोषणापत्र–२०२१ मा स्रष्टाहरूको स्तरीय कृतिलाई प्रकाशन गर्न प्रोत्साहन गर्ने र त्यस्ता कृतिलाई अन्तर्राष्ट्रियकरण गर्ने, मानवीय मूल्य मान्यताको संरक्षण, सम्बर्धन र प्रवद्र्धनका लागि धर्म र संस्कृतिको रक्षा गर्ने एवं सामाजिक कुप्रथालाई साहित्यमार्फत सचेत गराउँदै लानेलगायत १६ बुँदा छन् ।