हिमालय एयरलाइन्सको टिकटको शुल्क विनानै मिति परिर्वतन गर्न पाउने

everest kitchen

काठमाडौँ। सरकारले शुक्रबार देखि अन्तराष्टिय उडान सात दिनका लागि बन्द गर्ने निर्णय गरेसँगै हिमालय एयरलाइन्सले उक्त अवधिको टिकट शुल्क विनानै मिति परिर्वतन गर्न पाउने सुविधा दिएको छ । कम्पनीले सूचना जारी गर्दे काटिएको टिकटका लागि तीन महिना भित्र एक पटक मिति परिर्वतन गर्न सक्ने सुविधा दिएको जनाएको हो ।

सरकारले शुक्रबार राती १२ बजे देखिनै नियमीत रुपमा हुने अन्तराषि्ट्रय उडानको तालिका बैसाख ३१ गतेसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ । नेपालबाट अन्तराष्टिय उडान भर्ने एकमात्र निजी वायुसेवा कम्पनीले हाल अबुदुवी, वेजिङ, चाङगाइ, दमाम, ढाका, दोहा, दुवइ, क्वालालम्पुर, रियादमा उडान भर्दे आएको छ ।

एयरल्यान्सको शुक्रबारको उडान नियमीत हुने जनाएको छ । कम्पनीले सूचना जारी गर्दै शुक्रबार हुने दमाम–काठमाडौं र क्वालालम्पुर– काठमाडौंको उडान नियमीत हुने जनाएको हो । सरकारले आन्तरिक उडान समेत बैसाख २० गते देखि ३० गतेसम्मका लागि उडान स्थगित गरेको छ ।

मन्त्रिपरिषद्को वैशाख १९ मा भएको बैठकले कोरोना रोकथामका लागि आन्तरिक र अन्तरराष्ट्रिय दुबै स्थगन गर्ने निर्णय गरेको थियो । यसअवधिमा चार्टर्ड तथा उद्धार उडान सञ्चालन हुने क्यानले जनाएको छ । आन्तरिक र अन्तरराष्ट्रिय चार्टड तथा उद्धार उडानको हकमा स्वास्थ्य सुरक्षाको मापदण्डको पूर्ण पालना हुनेगरी पर्यटन मन्त्रालयले उडान अनुमति जारी गर्नेछ ।

चार्टड र उद्धार अन्तरराष्ट्रि उडानबाट आउने÷जाने यात्रुहरूको बारकोड र फोटोसहितको पिसिआर रिपोर्ट अनिवार्य गरिएको छ । कोभिड महामारीको जोखिम नियन्त्रणकालागि सरकारले गत वैशाख १६ देखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा लागू गरेको छ ।