समाचार लेखेकै भरमा पक्राउ परेका पत्रकार रिहाइ

everest kitchen
ujyalo network

काठमाडौँ । समाचार लेखेकै भरमा पक्राउ उज्यालो नेटवर्क डटकमका कार्यकारी सम्पादक अनिश तामाङ र महाप्रवबन्धक दुर्गालाल तामाङ (प्रभात) रिहा भएका छन । बन्दी प्रत्यक्षीकरण रिटमा आज सर्वोच्च अदालतको आदेशमा पत्रकार तामाङ्द्धय प्रहरी हिरासतबाट रिहाई भएका छन ।

नेपाल प्रहरीले उज्यालो नेटवर्कको कार्यालयमा घेराउ हालेर बल प्रयोग गरी अनिश तामाङलाई पक्राउ गरेका थियो भने संचार गृहका महाप्रवन्धक प्रभात लामालाई बसुन्धराबाट पक्राउ गरेका थिए । डिएसपी बि सुवेदिको टोलिले उक्त कार्य गरेको हो । उज्यालो नेटवर्कले केही समय अगाडि भारतीय रअ प्रमुख सामन्तकुमार गोयल र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भएको ४ बुँदे सहमती बारे समाचार प्रकाशन गरेको थियो ।

पत्रकार तामाङद्धयलाई उच्च अदालतले सरकारलाई पत्रकारलाई समाचार लेखेकै भरमा पक्राउ नगर्नु भन्ने आदेश दिसकेको अवस्थामा जवरजस्ती पक्राउ परेका हुन । त्यस्तै, पत्रकार तामाङद्धयलाई प्रक्राउ गरेको बिषयलाई लिएर पत्रकार महासंग , प्रेस काउन्सिल समेतले असहमति जनाएका थिए।