१४ जना सांसदसहित ६५ जनामा कोरोना संक्रमण पुष्टि

everest kitchen

 

काठमाडौं । संसद सचिवालयमा संकलन गरिएको स्वाब परीक्षणका क्रममा ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वाब संकलन गरिएकामध्ये ६१३ जनाको रिपोर्ट आउँदा सांसद १४ जना र संसदका कर्मचारी, पत्रकार तथा सुरक्षाकर्मीसमेत गरी ६५ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन वैशाख २७ गते संसदको विशेष अधिवेशन आह्वान भएपछि वैशाख २२,२३ र २४ गते संसद भवन नयाँ वानेश्वरमा स्वाब संकलन गरिएको थियो । वैशाख २२ गते ६०९ जना, २३ गते ५२५ जना र २४ गते करिब १०० जनाको स्वाब संकलन गरिएको थियो । स्वाब दिएकामध्ये कतिपयको भने रिपोर्ट आउनै बाँकी रहेको संसद सचिवालयका एक अधिकारीले बताए ।

२ सय ७५ सदस्य रहेको प्रतिनिधिसभामा नेकपा एमालेको १ सय २१ सिट छ भने नेपाली कांग्रेसको ६३, नेकपा माओवादी केन्द्रको ४९, जनता समाजवादी पार्टीको ३४ सिट छ ।

त्यसै गरी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, राप्रपा र स्वतन्त्र सांसदको १/१ सिट रहेको छ । नेपाली कांग्रेसका २ जना र जनता समाजवादी पार्टीका २ जना सांसद निलम्बित छन्। प्रधानमन्त्रीले आफूमाथि संसद्को विश्वासको मत लिन १३८ सदस्यको आबश्यकता पर्छ।