मलेसियाको सोनि कम्पनीमा कार्यरत नेपालीहरुद्वारा रंगशाला निर्माणको लागि ३ लाख भन्दा बढी सहयोग

everest kitchen

मलेसिया स्थित सोनि कम्पनीमा कार्यरत नेपाली कामदारहरुले चितवनमा बनिरहेको गौतमबुद्ध क्रिकेट रंगशालाको लागि ३ लाख ६ हजार ३२१ रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
धुर्मुस सुन्तलीद्वारा जनस्तरमा सहयोग संकलन गरि निर्माण भईरहेको रंगशालाको लागि मलेसियाबाट पटक पटक आर्थिक सहयोग भईरहेको छ । यसैक्रममा सोनि कम्पनीमा कार्यरत नेपालीहरुले पनि उक्त अभियानमा सहयोग गरेका हुन् ।
सोनि कम्पनीमा कार्यरत केशव भट्टराई, बिरेन्द्र बस्नेत, रोहित तामाङ, हरि प्रसाद रिजाल र बालकूमार बास्तोलाको अगुवाईमा रकम संकलन गरि नेपाल पठाइएको हो ।