भगवान –लघुकथा

everest kitchen

 

कुरैकुरामा–“……हेर्नू बाउ,मुर्ती जसले बनाएर बेच्छ त्यो मान्छे संसारकै बाठो मान्छे हो।अनि त्यै मुर्ती किनेर जस्ले लैजान्छ र मन्दिरमा राख्छ त्यो मान्छे मूर्ख हो र जो–जो त्यो मुर्तिको पूजा गर्न आउछन् ती सबै महामुर्खहरु हुन्….।“
यति बोल्दा नबोल्दै बाउ दाउराको कचेट टिप्न लाग्छन्।यतिबेलासम्म छोरो चाहिँ आगनको डिल काट्नै लागिसकेको हुन्छ।बाउले दाउराको झट्टारो हुत्याइपठाउछन्।छोरोको ढाँडमा लाग्यो क्यारे ढाँड छाम्दै दगु¥यो छोरो।
“…तेरिङ्मा नास्तिक…भग्वान नमान्ने गतिछाडा…काँ जान्छस जा…“
केही छिन पछि फ्याकेको दाउरा टिपी ल्याउन जाँदा छोरोको वालेट भेट्छन्।
“यी हेर परस पनि याँ झारी पठाएछ झेक्नेले…“
वालेट खोलेर हेर्छन्,२÷३ सय रुपैयाँ र चेपमा एकतास पुरानो फोटो हुन्छ।त्यो फोटोमा दुईजना मान्छेहरु हुन्छन्।फोटोको मुन्तिर लेखिएको हुन्छ–
“मेरा आमाबाबा,मेरो भगवान।“

टुकेन्द्र ’पौरखी’ इलाम,हाल मलेसिया।