समाजसेवी मोक्तानले बिबाह खर्च कटाएर कोरोना पीडितहरुलाई खाना खुवाए

everest kitchen

नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका पूर्व उपाध्यक्ष, नेपाल तामाङ घेदुङ मलेसियाका संरक्षक सल्लाहकार तथा समाजसेवी फुर्वा दोर्जे मोक्तानले आफ्नो विवाहमा हुने खर्चको केहि भाग छुट्याएर कोरोना महामारीमा समस्यामा परेकाहरुलाई खाना खुवाएका छन् ।
हाम्रो टिम नेपालले संचालन गर्दै आईरहेको गरिबहरुलाई खाना खुवाउने अभियानमा जोडिदै तामाङले आफ्नो बिबाहको प्रीति भोजका लागि छुट्याएको रकमबाट ४० हजार रुपियाँ हाम्रो टिम नेपाललाई प्रदान गरेका हुन् ।
आफ्नो व्यक्तिगत खर्च समाजसेवामा लगाएकोमा हाम्रो टिम नेपालका प्रमुख अभियन्ता तथा समाजसेवी ईशा गुरुङले मोक्तान दम्पत्तीको निर्णयको प्रशंसा गर्दै दाम्पत्य जीवनको शुभकामना व्यक्त गरेकी छन् ।