लघुकथा:- मालामाल

everest kitchen

बि.बि.याक्खा

नगरपालिकामा धेरै संर्घष पछि करोडौंको बृहत खानेपानी आयोजनाले स्थान पाउन सफल भयो। नगरबासीहरुमा एक प्रकारको निकै खुशी छायो। एक गाग्रो पानी भर्नु घन्टौं कुर्नुको त्यो पीडाले नि! आयोजनाको बारेमा निकै बिबाद चल्यो को कसले जिम्मा लिएर काम अगाडि लैजाने हो भन्ने कुरामा पक्ष र विपक्षको घम्साघम्सी चल्यो अन्त्यमा निकै सकस भएपछि समस्याको हल गर्नु चुनाव नै भो। चुनावको निश्चित समय तोकियो सबै स्थानीय दल आ आफ्नो मानिसलाई खडा गर्यो । सबैले योग्य र ईमानदार मानिस छबिलाललाई जित्छ भन्नेमा सबै ढुक्क थिए। प्रतिद्वन्दी चतुरमान धुर्त थिए । मत परिणामको नतिजा पनि आयो तर छबिलाल हैन चतुरमान चै निकै भारी मतले बिजयी हुन पुगे। नगरबासीहरुमा भने निराशा सिबाय अरु छाएन! दुई अधिकारी बिचमा कुरा भो कसरी संम्भब भो? आर्कोले उतर दियो- मालामाल हुने भएपछि पेटिका साटियो अनि भएन मालामाल !दुबै हाँसे।