प्रदेश प्रमुखद्धारा नयाँ सरकार गठनका लागि आह्वान

everest kitchen

काठमाडौं । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएपछि गण्डकी प्रदेश प्रमुख सीता पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । प्रदेश प्रमुख सीता पौडेलले नयाँ सरकार गठन आह्वान गरेसंगै सरकार बनाउने कसरतमा दलहरु जुटेका छन् ।

 

आइतबार मुख्यमन्त्री गुरुङले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले नेपालको संविधानको धारा १६८ को २ अनुसार नयाँ सरकार गठनका लागि प्रदेशसभाका दलहरुलाई आह्वान गरेकी हुन् । मुख्यमन्त्री गुरुङले आज नै विश्वासको मत लिने घोषणा गरेपनि विश्वासको मतमा मतदान हुनुभन्दा पहिलै राजिनामा दिएका हुन ।

गण्डकी प्रदेशमा कुनै दलको एकल बहुमत नभएकाले प्रदेश प्रमुखले दुई वा दुई भन्दा बढी दलको सहभागितामा बहुमतको सरकार बनाउन आह्वान गरेकी हुन् । नयाँ सरकारको लागि नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी लगायतका दलहरूले संयुक्त सरकार बनाउने प्रयास गरेका छन् ।