इजरायलमा पनि अन्तर्राष्ट्रिय नेपाली समाज गठन, अध्यक्षमा रमेश जोशी

everest kitchen

काठमाडौं । रमेश जोशीको नेतृत्वमा इजरायलमा अन्तर्राष्ट्रिय नेपाली समाज गठन भएको छ । देश तथा विदेशमा रहेका नेपालीलाई संगठित गर्दै नेपाल र नेपालीको हित र विकासका लागि काम गर्ने उदेश्यका साथ समाजको गठन भएको हो ।

गठित अन्तर्राष्ट्रिय नेपाली समाजले सनिवार एक भर्चुअल कार्यक्रम गर्दै विगत २१ महिना देखि इजरायलमा बस्दै आएका समाजसेवी तथा शालीन ब्यक्तित्व रमेश जोशीको नेतृत्वमा इजरायलको राष्ट्रिय कार्यसमिति गठन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा जनक आचार्य र उपाध्यक्षहरुमा राजन केसि ,तारा खत्री, नेत्र मिश्र र छबिलाल खड्का चयन भएका हुन । त्यसैगरी महासचिवमा जीवन कठायत सचिवहरुमा गायत्री खत्री , रेनु शेर्पाइली, शिखर सुनार, धनसेर धानुक, रमेश भण्डारी र भिम रोका चयन भएका छन भने समितिको कोषाध्यक्षमा कोपिला मरासिनी , सह-कोषाध्यक्षमा कमल भुल , जमान सिङ चौधरी र बिक्रम भट्टराई चयन भएका छ्न ।

त्यसैगरी सदस्यहरुमा तारा बहादुर ज्ञामी,विवेक पोख्रेल, सरद न्यौपाने , भाबेष जोशी , हिरा मगर ,गोमा घर्तीमगर ,पुर्ण गौतम, भुप बहादुर पुन, शंकर रावल, अक्षय केसि, गणेश चपाइ, निमेश खड्का, राज कुमार कुंवर, राम थापा, जुनु खनाल, शोभा सिवाकोटी, श्याम आचार्य र राजन तामाङ चयन भएका छन ।

त्यस्तै नवगठित कार्यसमितिको सल्लाहकारमा गणेश गिरि , लक्ष्मी भट्टराई, कृष्ण भण्डारीलाई चयन गरिएको छ । केही समयअघि गठन भएको समाजले छोटो समयमै विश्वका विभिन्न स्थानमा रहेका नेपालीलाई तिब्र रुपमा संगठित गर्दै आएको छ ।