रुकुमको त्रिवेणीमा गत २४ घण्टामा २ जना कोरोना संक्रमितको निधन

everest kitchen
हाल आईसोलेसनको रुपमा रहेको गाउँपालिका अस्पताल । शव व्यवस्थापनको तयारी गर्दै नेपाली सेना

रुकुम । रुकुम (पश्चिम )मा एक जना कोरोना संक्रमितको निधन भएको छ । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका- ३ का एक पुरुषको निधन भएको हो । उनको मंगलबार बिहान ४ बजे उनको त्रिवेणी अस्पतालको आईसोलेसनम निधन भएको हो ।

श्वासप्रश्वासमा समस्या भएपछि ४६ बर्षीया ति पुरुषको बैशाख ३६ गते त्रिवेणी गाउँपालिका अस्पताल खारानेटामा भर्ना गरिएको त्रिवेणी गाउँपालिका स्वास्थ्य संयोजक प्रेमबहादुर पुनले जानकारी दिए । पुनका अनुसार ज्वरो अाउने , श्वासप्रश्वासका समस्या भएपछि आरडीटी परिक्षणमा कोभिड-१९ पोजेटिभ देखिएको थियो ।

कोभिड पोजेटिभ देखिएपछि उनको गाउँपालिका अस्पतालको आईसोलेसनमा राखेर उपचार भईरहृको थियो । मृतकको शवलाई नेपाली सेनाको नरसिंह दल गण सल्लेबाट खटिएको शव व्यवस्थापन टोलीले आजै जलाएर अन्त्येष्टी गर्ने भएको छ ।

त्यस्तै त्रिवेणी गाउँपालिका -२ कै एक संक्रमित महिलाको पनि जिल्ला अस्पताल सल्लेमा उपचारको क्रममा कोभिड-१९ संक्रमणबाट निधन भएको छ । हालसम्म त्रिवेणीमा ७ जना संक्रमितले ज्यान गुमाई सकेको गाउँपालिका स्वास्थ्य संयोजक पुनले बताए । गत बर्ष एकजना र यो बर्ष ६ जनाले ज्यान गुमाएका हुन ।

हाल गाउँपालिका अस्पतालमा १६ श्ययाको आईसोलेसन सेन्टर तयार भएको भएपनि अक्सिजन सिलिन्डरको अभावमा अक्सिजन कन्सिडरको साहेताले बिरामीको उपचार भईरहेको स्वास्थ्य संयोजक पुनले बताए ।

त्रिवेणी गाउँपालिकामा हाल ८४ जनामा सक्रिय संक्रमण रहेको बताएको छ । जसमध्ये ८ जना गाउँपालिका अस्पतालको आईसोलेसनमा उपचाररत छन् भने केही होम आईसोलेसन र केही अन्य अस्पतालमा उपचाररत रहेका छन् ।