मकवानपुरमा भिरबाट लडेर सिरिमायाको निधन

everest kitchen

सविन कुमार लोप्चन । मनहरी । मकवानपुरको राक्सिराङ गाउपालिकामा भीरबाट लड्दा एक जना महिलाको ज्यान गएको छ । भीरबाट लडेर गम्भीर घाइते राक्सिराङ गाउँपालिका वडा नं ६ सिलिङगेकी ६८ वर्षिय सिरिमाया तामाङको उपचारको क्रममा निधन भएको हो । ।

बुधबार साँझ भीरबाट लडेकी तामाङलाई उद्दार गरि चितवन मेडिकल कलेज सिएमसी लगिएको थियो । उनको उपचारको क्रममा उक्त मेडिकल कलेजमा निधन भएको हो । उनको राति २ बजेतिर निधन भएको वडा अध्यक्ष सिगंलाल प्रजाले जानकारी दिए ।

तामाङ आफन्तको घरको र त्यहाँबाट फर्कने क्रममा भीरबाट लडेको बताइएको छ । सो गाउँमा यसअघि पनि एक बृद्दाको भीरबाट लडेर ज्यान गएको थियो ।