आईसीसीले टी ट्वान्टी विश्वकपमा २० टोलि स्पर्धा गराउनेबारे छलफल गर्दै

everest kitchen

काठमाडौं । क्रिकेटको विश्वब्यापी पहुँच बढाउन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले टी ट्वान्टी विश्वकप क्रिकेटमा २० टोलि सहभागी गराउनेबारे छलफल सुरु गरेको छ । यद्दपी सन् २०२१ मा भारतमा निर्धारित विश्वकप टी ट्वान्टीको आगामी संस्करणमा मात्र १६ टोलि सहभागी हुनेछन् । आईसीसीले सुरु गरेको छलफलमा विश्वकप टी ट्वान्टी क्रिकेटको सन् २०२४ को संस्करणदेखि २० टोलि सहभागी गराउने प्रस्ताब गरिएको छ । पाँच पाँच टोलिलाई चार समूहमा विभाजन गरिनेछ । महिला क्रिकेटको विश्वब्यापी प्रतियोगितामा यसअघि नै सहभागी हुने टोलिको संख्या वृद्धि गरिएको छ । आईसीसीले अन्तर्राष्ट्रिय एकदिबसीयको विश्वकपमा समेत सहभागी हुने टोलिको संख्या बढाएर १४ पुर्याउने अभ्यास गरिरहेको छ । हाल दश टोलि मात्रै सहभागी हुँदै आएको छ ।
यसअघि अन्तर्राष्ट्रिय एकदिबसीय विश्वकपमा १६ टोलिसम्म स्पर्धा गरेको थियो । सन् २००७ को विश्वकप क्रिकेटमा १६ टोलिले स्पर्धा गरेको थियो । सन् २०११ र २०१५ मा मा १४ तथा सन् २०१९ को विश्वकपमा दश टोलिमात्रै स्पर्धा गरेको थियो ।

हालैका दिनमा समेत टी ट्वान्टी र अन्तर्राष्ट्रिय एकदिबसीय विश्वकपमा स्पर्धा गर्ने टोलिको संख्या बढाउनबारे कार्यकारी परिषद्को बैठकमा छलफल भएको छ । आईसीसीले ओलम्पिक खेलकूदमा समेत क्रिकेटको सहभागिताबारे सदस्य राष्ट्रको राय माँगेको थियो । अधिकांश सदस्य राष्ट्र ओलम्पिकमा क्रिकेटको उपस्थितिबारे सकारात्मक रहेका छन् ।