नेपाल सुपर लिगको फाइनलमा काठमाडौं र धनगढी भिड्ने

everest kitchen

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को उपाधिको लागि काठमाडौं रेजर्स र धनगढी एफसी भिड्ने छन । दोस्रो प्ले अफमा ललितपुर सिटी एफसीलाई ०–३ को फराकिलो तथा सहज जित हात पार्दै काठमाडौं रेजर्सले फाइनलमा धनगढीसँगको भेट सुनिश्चित गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रङशालामा सम्पन्न प्ले अफ खेलमा काठमाडौंले ललितपुर सिटी एफसीलाई हराएर फाइनलमा स्थान सुरक्षित गरेको हो । ललितपुर भने प्रतियोगिताबाट बाहिरिएको छ ।

एलिमिनेटर खेलमा ललितपुर सिटी एफसीले बुटवल लुम्बिनिलाई हराएर दोस्रो प्ले अफका लागि स्थान सुरक्षित गरेको थियो । काठमाडौंको जितमा मेस्सौक ओलौमौले दुई गोल गरे । स्टिफन बिनोङगले गोल थप्दा काठमाडौंले ललितपुरमाथि जित हात पार्दै फाइनलको लागि स्थान सुरक्षित गर्यो । शनिबार हुने फाइनल खेलमा काठमाडौंले धनगढीको सामना गर्नेछ । लिग चरणमा अङ्क तालिकाको शीर्ष स्थानमा रहेको काठमाडौंले पहिलो प्ले अफमा धनगढीसँग हार बेहोर्दा फाइनलमा पुग्न अर्को अवसर पाएको थियो ।