राक्सिराङको कोभिड अस्पतालमा एक कोरोना संक्रमितको निधन

everest kitchen

मकवानपुर । राक्सिराङ गाउपालिकामा रहेको कोभिड अस्पतालमा उपचाररत एक जनाको मृत्यु भएको छ । अस्पतालमा उपचाररत हेटौडा उपमहानगरपालिका घर भएकी महिलाको शुक्रबार मृत्यु भएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल ले जानकारी दिए ।

हेटौडा घर भएकी ती महिलालाई हेटौडाका अस्पतालमा बेड र अक्सिजन अभाव भएको भन्दै शुक्रबार दिउँसो राक्सिराङ गाउपालिकाले सन्चालन गरेको कोभिड अस्पतालमा ल्याइएको थियो । हेटौडाबाट रिफर गरि ल्याइएको केहि समयमा नै महिलाको ज्यान गएको अध्यक्ष मल्लले बताए ।

ती महिलाको छोरा बुहारी राक्सिराङकै स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी हुन । गाउँपालिका अध्यक्ष मल्लले राक्सिराङ अस्पतालमा बेड र अक्सिजन हाललाई पर्याप्त रहेको बताए ।

सो अस्पतालमा हाल थप एकजना संक्रमित उपचाररत छन् । राक्सिराङ ४ घर भएका उनको अवस्था केहि दिनअघि गम्भीर बनेपनि अहिले सुधार भएको बताइएको छ ।