लघुकथाको अब आफ्नै गीत

everest kitchen

 

काठमाडौं । अब हुने लघुकथासम्बन्धि कुनैपनि कार्यक्रममा बजाउन मिल्ने गरि लघुकथा गान रेकर्डिङ गरिएको छ। व्यक्तिगत वा संस्थागतरूपमा हुने लघुकथासम्बन्धि कुनै पनि कार्यक्रममा जो कसैले पनि अाफ्ना कार्यक्रममा प्रस्तुत गान निर्धक्क बजाउन सक्ने भएको छ ।

उक्त गीत हाम्रो लघुकथा पाठशालाको सक्रियतामा बनेको हो। हाम्रो लघुकथा पाठशालाका नियमित वाचन कार्यक्रमको अतिरिक्त विमोचन , जुम वाचन , एकल वाचन लगायत लघुकथासम्बन्धि कुनैपनि कार्यक्रममा अवश्य नै बजाइनेछ।

गीतमा लोकप्रिय गायक सिडि बिजय अधिकारीको सङ्गीत र स्वरमा मनिसा राईले साथ दिएकी छन् । उक्त गीतको भिज्युअल समेत बनाइनेछ । अधिकाँश लघुकृति , लघुकथाकारहरू र मोटामोटी गतिबिधिहरुलाई भिज्युअलमा समाबेस गर्ने प्रयत्न गरिएको छ भनेर लघुकथा गानको व्यवस्थापनको जिम्मा समाल्नु भएकी एडमिन लता केसीले बताईन ।

लता केसी, राजु क्षत्री अपुरो , निर्मला बरालको शब्द रहेको सो गीत रेकर्डिङ खर्च वैदेशिक रोजगार टिम लाहाचोकका सगुन अधिकारी , कृष्ण प्रसाद बास्तोला, सुशील श्रेष्ठ लबि क्षत्री, जिएम रानाभाट अभिनासी लगायत पाठशाला पेजका केही सक्रिय लेखक सदस्यहरूको सहयोगमा गरिएको हो।

गीत यही जेठ १२ गते भर्चुअल कार्यक्रममार्फत सार्वजनिक गरिनेछ। गीत सार्वजनिक गरे लगत्तै एडमिन टिम लघुकथा सङ्ग्रह पाठशाला भाग २ को सम्पादन र प्रकाशनमा जुट्नेछ ।