लर्पोटेलाई फ्रान्सेली नागरिकता परित्याग गरेर स्पेन जाने फिफाको अनुमति

everest kitchen

एजेन्सी । फुटबलको सर्वोच्च निकाय फिफाले म्यान्चेष्टर सिटीका डिफेन्डर ऐमेरिक लर्पोटे फ्रान्सेली नागरिकता परित्याग गरेर स्पेन जाने अनुमति दिएको छ । २६ वर्षीय लर्पोटेले गत् साता मात्रै स्पेनको नागरिकता प्राप्त गरेका छन ।फिफाको अनुमतिपछि उनले यूरो २०२० मा स्पेनको प्रतिनिधित्व गर्ने भएका छन । लर्पोटेले फ्रान्सको युवा टोलिमा अटाएपनि राष्ट्रिय टोलिको प्रतिनिधित्व गर्न सकेका छैन्न । फिफाले एक वक्तब्य जारी गरी तात्कालै लागू हुने गरी उनी स्पेनको प्रतिनिधित्व गर्न सक्ने उल्लेख गरेको छ ।

फ्रान्समा जन्मिएका लर्पोटेले सन् २०१८ मा पाँच करोड ७० लाख यूरोमा म्यान्चेष्टर सिटीमा आबद्ध भए । त्यसअघि उनी एथलेटिको बिल्बाओका लागि खेलेका थिए । फिफाले गत वर्ष आफ्नो वार्षिक साधारण सभाबाट खेलाडीले राष्ट्र परिवर्तन गर्न खोजेको अवस्थालाई ध्यानमा राखेर विधानमा संशोधन गरेको थियो । संशोधित विधान बमोजिम २१ वर्ष हुनुअघि तीन वटा खेलभन्दा बढीमा राष्ट्रिय टोलीका लागि नखेलेको र विश्वकप वा महादेशीय प्रतियोगिता नखेलेको अवस्थामा अर्को राष्ट्र पुग्न सक्ने उल्लेख छ ।